काठमाडौं। श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि आज भारत ‘ए’ र पाकिस्तान ‘ए’बीच प्रतिस्पर्धा हुँदैछ । खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा दुई बजेबाट सुरु हुनेछ ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा पाकिस्तान घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै र भारत दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा पुगेको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
