• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

इन्डोनेसियामा डुङ्गा पल्टिदा १५ जनाको मृत्यु, १९ बेपत्ता


  • खुला नेपाल
  • सोमवार, साउन ८, २०८०
  • 1.7K
    SHARES

जाकर्ता । इन्डोनेसियाको सुलावेसी टापुमा डुङ्गा पल्टिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य १९ जना बेपत्ता भएका छन् ।राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले दिएको जानकारीअनुसार जहाजमा ४० यात्रु थिए र सो डुङ्गा राति करिब १२ बजे डुबेको थियो । तर, दुर्घटनाको कारण भने खुल्न सकेको छैन । ६ जना यात्रुको उद्धार गरिएको छ, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले बेपत्ता यात्रुको खोजी गरिरहेको छ । खोज तथा उद्धार एजेन्सीको स्थानीय शाखाका मुहम्मद अराफाले भने, ‘सबै पीडितहरूको पहिचान भइसकेको छ र शवहरू उनीहरूको परिवारलाई हस्तान्तरण गरिएको छ, बाँचेकाहरूको अहिले स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

उद्धार एजेन्सीले साझा गरेका तस्बिरहरूमा स्थानीय अस्पतालको भुईँमा लुगाले छोपिएको पीडितहरूको शव देखाइएको छ। डुङ्गाले मानिसहरूलाई खाडी पार गरी दक्षिण पूर्वी सुलावेसी प्रान्तको राजधानी केन्द्रीबाट करिब २०० किलोमिटर दक्षिणमा रहेको मुना टापुमा पुर्‍याएको थियो। त्यही क्रममा यो घटना भएको हो ।

प्रतिक्रिया