• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


  • खुला नेपाल
  • मङ्लबार, साउन ९, २०८०
  • 1.2K
    SHARES

फाइल तस्वीर

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् । उहाँले भन्नुभयो,“पहिरो पन्छाउने क्रम सुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न  सकिँदैन ।”

प्रतिक्रिया