• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

चितवनमा बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते


  • खुला नेपाल
  • बुधबार, साउन १०, २०८०
  • 1.5K
    SHARES

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका २९ चौधकिलो पुलमा बुधवार बस र ट्रक आपसमा ठोक्किँदा ३० जना घाइते भएका छन् ।बसमा सवार २९ जनासहित ट्रक चालक पनि घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

१८ जना घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा र १२ जनाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये बस चालक दाङको घोराही १० का २६ वर्षीय सुनिल पाण्डे र बसमा सवार ३५ वर्षीय पुरुषको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको रा १ ख २२ ३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक आपसमा ठोकिएको हो ।

 

प्रतिक्रिया