• बुधबार, मंसिर १०, २०८३
  • Wednesday 25th November 2026

महिला विश्वकप : क्यानडा, स्पेन र जापान विजयी


  • खुला नेपाल
  • बिहिबार, साउन ११, २०८०
  • 2.7K
    SHARES

Canada players celebrate scoring their second goal during the Australia and New Zealand 2023 Women's World Cup Group B football match between Canada and Ireland at Perth Rectangular Stadium in Perth on July 26, 2023. (Photo by Colin MURTY / AFP) (Photo by COLIN MURTY/AFP via Getty Images)

काठमाडाैं । फिफा महिला विश्वकप फुटबलमा क्यानडाले आयरल्याण्डलाई पराजित गरेकाे छ । बुधबार अष्ट्रेलियाको मेलबर्नमा भएको खेलमा क्यानडाले आयरल्याण्डलाई २-१ गोलअन्तरले पराजित गरेकाे हाे । क्यानडाका एड्रियाना लियोनले एक गोल गरिन् भने एक गोल क्यानडाले आत्मघाती उपहार पायो । आयरल्याण्डका लागि केटी म्याककेबले सान्त्वना गाेल फर्काइन् ।

आजको जितसँगै २ खेलबाट ४ अं जाेडेकाे क्यानडा समूह ‘बी’ को शीर्ष स्थानमा पुगेको छ । दुवै खेल हारेको आयरल्याण्ड पुछारमा छ ।बुधबार न्युजिल्याण्डको इडेन पार्कमा भएको समूह ‘सी’ को खेलमा स्पेनले जाम्बियालाई ५-० गोलले हराएकाे छ । स्पेनका लागि जेनिफर हर्माेसाे र अल्बा रेडाेन्डाेले २ तथा टेरेसा अबेलेरियाले १ गाेल गरिन् । आजकाे जितसँगै २ खेलबाट ६ अंक जाेडेकाे स्पेन समूह ‘सी’ काे शीर्ष स्थानमा छ । समान खेलमा अंकबिहीन रहेकाे जाम्बिया पुछारमा छ ।

बुधबार नै भएकाे समूह ‘सी’ काे अर्काे खेलमा जापानले कोस्टारिकालाई २-० गोलले हराएको छ । न्युजिल्याण्डकाे फाेर्सिथ बार स्टेडियममा भएकाे खेलमा जापानले काेस्टारिकालाई २-० गाेलले हराएकाे हाे । जापानका लागि हिकारु नाेमाेताे र ओबा फुजिनाेले गाेल गरिन् । जापान २ खेलमा ६ अंकसहित समूह ‘सी’ काे शीर्ष स्थानमा छ । काेस्टारिका समान खेलमा अंकबिहीन हुँदै अंक तालिकाकाे पुछारमा छ ।

प्रतिक्रिया