• शनिबार, साउन १६, २०८३
  • Saturday 1st August 2026

आज राष्ट्रिय सभा बैठक बस्दै


  • खुला नेपाल
  • बिहिबार, साउन ११, २०८०
  • 1.8K
    SHARES

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेको लागि बोलाइएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधि सभामा पठाएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।

सुन तस्करी प्रकरणमा सरकारको धारणा माग सहित उच्च स्तरीय छानबिन आयोग गठन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो । आज बस्ने राष्ट्रिय सभा बैठकमा पनि नेकपा एमालेले सो माग उठाउँदै छ । जसका कारण आजको राष्ट्रिय सभा बैठक समेत अवरुद्ध हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया