काठमाडौं । रामेछापका मन्थली नगरपालिका–८ रहेको चिसापानी आयुर्वेद औषधालयले नागरिकलाई दिने सेवा थप गरेको छ ।औषधालय व्यवस्थापन समितिको बैठकले स्थानीयलाई दिने स्वास्थ्य सेवा थप गर्ने निर्णय गरी सेवा थप गरेको हो । औषधालयले विभिन्न सात प्रकारका सेवा थप गरेको छ ।
वडाध्यक्ष गोपाल श्रेष्ठका अनुसार पूर्वकर्म र पञ्चकर्म सेवा, शिरोधारा सेवा, सुगर र पिसाब परीक्षण सहितको ल्याब सेवा, ईसीजी, भाइटल, बीएमआई र परामर्श सेवा पनि थप गरिएको छ । स्थानीयलाई सामान्य बिरामी पर्दा भरसक सदरमुकाम धाउन नपरोस् भनेर सो सेवा विस्तार गरिएको श्रेष्ठले बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
