• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रधानमन्त्री निवास अगाडि डोजरसहित निर्माण व्यवसायीको प्रदर्शन


  • खुला नेपाल
  • मङ्लबार, साउन १६, २०८०
  • 1.6K
    SHARES

काठमाडौं । निर्माण व्यवसायीहरुले निर्माणमा प्रयोग हुने डाेजर लगायत साधनसहित प्रधानमन्त्री निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरेका छन् ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने लगायत माग राख्दै उनीहरुले मंगलबार बिहान विरोध प्रदर्शन गरेका हुन् ।

निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने, सार्वजनिक खरिद ए‍ेन संशाेधन गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने लगायत माग राख्दै नेपाल निर्माण व्यवसायी महासंघ आन्दाेलनमा उत्रिएकाे हाे ।साेमबार पनि निर्माण व्यवसायीहरुले सेफ्टी हेल्मेट र ज्याकेट लगाएर प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया