• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

तनाव नबढाउन रुसी राष्ट्रपतिलाई टर्कीका राष्ट्रपतिको आग्रह


  • खुला नेपाल
  • बिहिबार, साउन १८, २०८०
  • 1.3K
    SHARES

इस्तानबुल – टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई तनाव बढाउने  कुनै पनि गतिविधि नगर्न आग्रह गर्नुभएको छ ।

युक्रेनबाट खाद्यान्न ढुवानी हुने महत्वपूर्ण स्थानमा रुसले आक्रमण गरेपछि टर्कीका राष्ट्रपतिले तनाव बढाउने गतिविधि नगर्न राष्ट्रसित पुटिनलाई टेलिफोन गरेर आह्वान गर्नुभएको हो ।

अनाज आपूर्ति हुने युक्रेनी बन्दरगाह तथा अन्य केन्द्रमा मस्कोले आक्रमण गरेर भौतिक संरचनामा क्षति भएपछि राष्ट्रपति एर्डोगानले खाद्यान्न आपूर्तिको सम्झौता शान्तिको सेतु भएको उल्लेख गर्दै उक्त सम्झौताको पालनमा जोड दिनुभएको टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

टर्की र संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा युक्रेनलाई आफ्नो ब्ल्याक सी बन्दरगाहबाट खाद्यान्न निर्यात गर्ने अनुमति दिएको थियो तर मस्कोले गत महिना त्यो समाप्त भएको घोषणा गरेको थियो । हिजोदेखि बन्दरगाहका भौतिक संरचनामा आक्रमण थालेको छ ।

प्रतिक्रिया