काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ निर्णय गरेको हो । अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ ।
पार्टी केन्द्रीय समिति बैठकको समापन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अभियानलाई लिएर सातवटा प्रदेशको ७ वटा वडामा आफू पनि पुग्ने बताए । उनले जनताको एउटा घर पनि नछाडि जनताको गुनासो र आलोचना सुन्ने, सहिद परिवारको आफन्तलाई भेट्ने तीन महिले अभियान टुंग्याएर विधान सम्मेलनामा पुग्ने उद्घोष गरे ।माओवादीले आइटी फोरम नेपाल’ सञ्चालन गर्न निर्णय पनि गरेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
