काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन दलका शीर्ष नेताहरूसँग छलफल गर्नुहुने भएको छ । सभामुख घिमिरेले आज संसद् बैठक बस्नअघि दलका शीर्ष नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो ।
सभामुख घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन आज मध्याह्न १२ः०० बजे दलका शीर्ष नेतासँग बैठक बोलाउनुभएको छ । प्रतिनिधिसभा बैठक दिउँसो १ः०० बजे बस्दै छ ।
सभामुख घिमिरेले आइतबार पनि सदनको अवरोध हटाउने विषयमा दलका सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ–आफ्नो अडान कायम राखेपछि सहमति जुट्न सकेको थिएन ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
