काठमाडौं । सिँचाई विभागमा तालाबन्दी गर्न गएका निर्माण व्यवसायीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । सकिएको कामको भुक्तानी दिनुपर्ने र काय नभएका योजनाको म्याद थप गर्नुपर्ने लगायतका नौ बुँदे माग राखेर ललितपुर स्थित सिँचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५बढी निर्माण व्यवसायी पक्राउ परेका छन् ।
नाराबाजीसहित विभागको कार्यालयमा ताला लगाउन गएका उनीहरूलाई पक्राउ गरी प्रहरीले ताला खोलेको छ । सो क्रममा प्रहरीले बल प्रयोग गरेको महासंघका अध्यक्ष रवि सिंहले आरोप लगाउनुभयो । पक्राउ गरिएका निर्माण व्यवसायीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
