• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

आज प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ हुने


  • खुला नेपाल
  • सोमवार, भदौ ४, २०८०
  • 1.8K
    SHARES

??????? ???? ??????? ????? ?????? ??????? ??????? ???? ? ??????? ??????? ?????÷????

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको आज संसदीय सुनुवाइ गर्ने भएको छ । समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उहाँको आज संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।

उक्त पदमा उहाँलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र उजुरी दिन समितिले गत साउन २४ गते सार्वजनिक उजुरी आह्वान गरेकामा तीन वटा मात्र उजुरी परेको थियो ।

समितिको आज बस्ने बैठकको सुरुमै उजुरीकर्तासँग जानकारी लिएपछि प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रारम्भ हुनेछ । यसअघि बैठकमा परेका उजुरीबारे जानकारी दिन सदस्यहरूलाई त्यससम्बन्धी कागजात वितरण गरिएको थियो ।

संसदीय सुनुवाइका क्रममा उहाँले आफ्नो योग्यता, अनुभव, कार्य योजना र अवधारणा प्रस्तुत गर्नु हुनेछ । संसदीय समितिले सबै विषय वस्तुबारे जानकारी लिएपछि उहाँको नाम अनुमोदन गर्ने वा नगर्ने भनी निर्णय गर्ने छ ।

प्रतिक्रिया