• बुधबार, मंसिर १०, २०८३
  • Wednesday 25th November 2026

महिला टी-२० अन्तर्राष्ट्रिय सिरिज : नेपालले कुवेतलाई दियाे ९० रनकाे लक्ष्य


  • खुला नेपाल
  • बुधबार, भदौ ६, २०८०
  • 1.9K
    SHARES

काठमाडाैं । चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले कुवेतलाई ९० रनकाे लक्ष्य दिएकाे छ ।मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनायाे । नेपालका लागि इन्दु बर्माले सर्वाधिक २३ रन बनाइन् ।

बलिङतर्फ कुवेतकी मारिमा हेडरले ४ विकेट लिइन् ।  कुवेतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । नेपालले पहिलाे खेलमा हङकङलाघ ६ विकेटले हराएकाे थियाे ।

सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ सहभागी छन् । नेपालले भोलि घरेलु टोली मलेसियासँग खेल्नेछ ।राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया