• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

केपी ओलीको दाबी : कोशीमा अब एमालेको नेतृत्वमा सहमतिको सरकार बन्छ


  • खुला नेपाल
  • शुक्रबार, भदौ ८, २०८०
  • 1.4K
    SHARES

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा एमालेको नेतृत्वमा सहमतिय सरकार बन्ने दावी गर्नुभएको छ ।

शुक्रबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले कोशी प्रदेशमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले संविधान उलंघन गरेकोमा दुख लागेको भन्दै अव एमालेको नेतृत्वमा सहमतिय सरकार बन्ने दावी गर्नुभयो ।

केन्द्रमा एमालेको ध्यान सरकारमा बनाउन नभई राजनैतिक स्थिरता, स्थायीत्व प्रदान गर्दै सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा रहेको ओलीले बताउनुभयो ।

उहाले संविधान कार्यान्वयन, मुलुकमा सुशासन, आर्थिक विकासका लागि प्रमुख जिम्मेवार राजनीतिक दलहरु मिलेर जानुपर्ने उल्लेख गर्नुभयो ।

एमाले अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले पूर्ण रुपमा अन्त्य गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया