• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात : प्रधानमन्त्री प्रचण्ड


  • खुला नेपाल
  • मङ्लबार, भदौ १२, २०८०
  • 2.7K
    SHARES

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरूवात गरिएको बताएका छन् ।

आज बिहान राष्ट्रिय सभागृहमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देश रूपान्तरणको नयाँ संकल्पलाई थप तीव्रता दिएर अघि बढ्ने बताए ।

‘देश रूपान्तरणको नयाँ संकल्पसहित एउटा अभियानको सुरुवात गरिएको छ। यसलाई हामी थप तीव्रता दिएर अघि बढ्छौँ’, प्रधानमन्त्री प्रचण्डले भने ।उनले माओवादी पार्टी रूपान्तरण भएमात्रै देश रूपान्तरण हुने बताए । त्यसका लागि माओवादी पार्टीको रूपान्तरण अनिवार्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया