• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड बने युरोपियन वर्ष खेलाडी


  • खुला नेपाल
  • शुक्रबार, भदौ १५, २०८०
  • 4.2K
    SHARES

लन्डन । म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर एर्लिङ हालान्ड युरोपियन वर्ष खेलाडी बनेका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए) ले बिहीबार राति विजेताको घोषणा गरेको हो । लियोनल मेस्सी र केभिन डे ब्रुना पनि मनोनयनमा परेका थिए ।

तर, गत सिजन म्यान सिटीलाई इङ्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका हालान्डले यो अवार्ड हात पार्ने पूर्व अनुमान हुँदै आएको थियो । नर्वेका २३ वर्षीय हालान्डले म्यान सिटीमा आबद्ध भएको पहिलो सिजनमै ५३ खेलमा ५२ गोल गरेका थिए । उनको यही सफलताबीच म्यान सिटी पहिलोपटक युरोपियन च्याम्पियन पनि बनेको थियो ।

प्रतिक्रिया