• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

डेंगु संकमितको संख्या २१ हजार नाघ्यो


  • खुला नेपाल
  • आइतवार, भदौ १७, २०८०
  • 4.8K
    SHARES

काठमाडौं। नेपालमा डेंगु संक्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म डेंगु संक्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ ।

महाशाखाले भदौ र असोजमा डेंगु संक्रमण उच्च हुने प्रक्षेपण गरेको थियो । संक्रमणबाट १३ जनाको निधन भएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले पानी परिरहेकाले डेंगु संक्रमण दैनिकरूपमा बढेको बताए ।

नेपालमा पहिलोपटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा मात्र ११ हजार बिरामी पुगे

संक्रमण देखिएकामध्ये सबभन्दा बढी सुनसरी जिल्लामा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ११ हजार छ सय ५९ जनामा डेंगु संक्रमण देखिएको छ ।

सुनसरीपछि मोरङमा दुई हजार दुई सय ४२, धादिङमा दुई हजार एक सय एक, झापामा एक हजार तीन सय २३, काठमाडौंमा चार सय २७, धनकुटामा तीन सय ३६, संखुवासभामा दुई सय ७२, कास्कीमा दुई सय ६०, दार्चुलामा एक सय ९४ र ललितपुरमा एक सय ७४ जना डेंगुका बिरामी भेटिएका छन् ।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएर टोकेपछि डेंगु रोग लाग्छ ।

प्रतिक्रिया