• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

चीन भ्रमणका एजेन्डाबारे प्रधानमन्त्रीले गरे छलफल


  • खुला नेपाल
  • आइतवार, भदौ २४, २०८०
  • 1.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चीन भ्रमणबारे विभिन्न सरोकारवाल पक्षहरुसँग छलफल गरेका छन् ।आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वप्रधानमन्त्रीहरुसहित संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरु, परराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीहरु लगायतसँग छलफल गरेका हुन् ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङलगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया