• मङ्लबार, मंसिर ९, २०८३
  • Tuesday 24th November 2026

नेपाल सुपर लिगकाे खेल तालिका सार्वजनिक, उद्घाटनमा काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम भिड्ने


  • खुला नेपाल
  • सोमवार, भदौ २५, २०८०
  • 3.3K
    SHARES

काठमाडाैं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) काे खेल तालिका सार्वजनिक भएकाे छ । आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेल मंसिर ८ गते हुनेछ । उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम डे मेची एफसी भिड्ने छन् ।

पुस २१ गतेसम्म चल्ने एनएसएलमा ९ टाेली सहभागी हुने भएका छन् । दोस्रो संस्करणमा झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, वीरगञ्ज युनाइटेड एफसी, काठमाडौं रेजर्स, धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब र फुटबल क्लब चितवन सहभागी हुने छन् ।

झापा, इलाम र वीरगञ्जले पहिलाे पटक सहभागिता जनाउन लागेका हुन् ।  पहिलो संस्करण सहभागी भएको विराटनगर सिटी एफसीले भने यो पटक सहभागिता जनाएको छैन । पहिलाे संस्करणमा ७ टाेली सहभागी थिए ।

एनएसएलका सबै खेल काठमाडौंको दशरथ रंगशालामा हुनेछन् ।

हेर्नुस् तालिका:

प्रतिक्रिया