• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

उपाध्यक्ष नेम्वाङको निधनपछि चीन भ्रमणमा रहनुभएका एमाले महासचिव पोखरेल नेपाल फर्किँदै


  • खुला नेपाल
  • मङ्लबार, भदौ २६, २०८०
  • 1.8K
    SHARES

काठमाडौँ । चीन भ्रमणमा रहनुभएको नेकपा एमाले महासचिव शंकर पोखरेल आज नेपाल फर्किँनुहुनु भएको छ । संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्याशित निधन भएपछि महासचिव पोखरेल नेतृत्व आज नेपाल फर्किन लाग्नुभएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उहाँ चीन भ्रमणमा जानुभएको थियो । पूर्व  निर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज नेपाल फर्किन लागेको बताइएको छ । आजै  छिङ्हाईको सिनिङ हुँदै छेन्दु भएर नेपाल फर्किन जनाइएको छ ।

टिकट पाएपछि  भ्रमण दलको सबै सदस्य फर्किने निर्णय भएको  नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सबै भ्रमण दलको सदस्यको टिकटको व्यवस्थापनको प्रयास भइरहेको छ ।

प्रतिक्रिया