काठमाडौं । मधेश प्रदेश सांसद विन्दुकुमारी यादवको ४४ वर्षको उमेरमा आज बिहान ८ः३० बजे निधन भएको छ । उहाँ जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य हुनुहुन्छ ।
पाठेघरको मुखको क्यान्सरबाट दुई वर्षदेखि पीडित यादव १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियुमा उपचाररत हुनुहुन्थ्यो ।
प्रादेशिक अस्पताल जनकपुरका निर्देशक एवम स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डितले उहाँको आज बिहान निधन भएको बताउनुभयो । यादव समानुपातिक सांसद हुनुहुन्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
