• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सुवासचन्द्र नेम्वाङको शव यात्रा सुरु, पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने


  • खुला नेपाल
  • बिहिबार, भदौ २८, २०८०
  • 1.9K
    SHARES

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य स्वर्गीय सुवासचन्द्र नेम्वाङको शव यात्रा बिहीबार बिहानबाट सुरु भएको छ ।

उहाँको शवलाई बालुवाटार स्थित उहाँको घरबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिँदै छ । बालुवाटारबाट सुरु भएको शवयात्रा महाराजगञ्ज हुँदै चाबहिलबाट पशुपति आर्यघाट पुग्ने छ ।

पशुपति आर्यघाटमा उहाँको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ । नेम्वाङको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

शव यात्राको क्रममा सडक पेटीमा उभिएर सर्वसाधारणले उहाँको अन्तिम बिदाइ गरेका छन् । किराँत र हिन्दु परम्परा अनुसार आज उहाँको अन्त्येष्टि हुँदै छ ।

प्रतिक्रिया