काठमाडाैं । १९औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन आज हुँदैछ । चीनको हान्झाउ शहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आज प्रतियोगिताको औपचारिक उद्घाटन गर्न लाग्नुभएकाे हाे । प्रतियाेगिताकाे औपचारिक उद्घाटन आज हुने भएपनि केही खेलहरु यसअघि नै सुरु भइसकेका छन् ।
उद्घाटन समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी साढे १२ हजार बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।
उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ । उद्घाटन समारोमा हुने मार्चपासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दोका वीरबहादुर महराले बोक्ने तय भएकाे छ ।
हर्ट टु हर्ट एट फ्युचर अर्थात् भविष्यमा हृदयदेखि हृदयसम्म भन्ने मूल नारासाथ सुरु हुने प्रतियाेगितामा ४० खेलका ६१ वटा विधामा ४ सय ८१ प्रतिष्पर्धा हुनेछन् । ४० खेलमध्ये नेपालको तर्फबाट २९ खेलमा १ सय २७ महिला र एक सय २६ जना पुरुष गरी २ सय ५३ जना खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
