काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा अदालतले घाउ जाँच्ने डाक्टरसँग बुझ्न आदेश दिएको छ ।सोमबार हेर्दाहेर्दैमा राखीएको मुद्दामा आज काठमाडौं जिल्ला अदालतले फेरि घाउ जाँच्ने डाक्टरसँग बुझ्न आदेश दिएको हो । यद्यपी यो पटकको सुनुवाईमा फैसला आउने अपेक्षा गरिएको थियो । तर अदालत पुन पछाडि फर्किँदै डाक्टरसँग बुझ्न आदेश दिएको हो ।
न्यायाधीश उत्तम सिलुवालको इजलासले डाक्टरसँग बुझ्न आदेश दिएको हो । चलाउनेविरुद्ध ०७७ असोज २० गते नेविसंघका नेताहरूले सांघातिक आक्रमण गरेका थिए।
योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, रविनकुमार लामा, सयुज श्रेष्ठलगायतविरूद्व मुद्दा दायर गरिएको छ ।
यसअघि सरकारले उनीहरूविरूद्वको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
