• मङ्लबार, मंसिर ९, २०८३
  • Tuesday 24th November 2026

कुशल र दीपेन्द्रको विश्वकीर्तिमान : सर्वाधिक छिटो शतक र अर्धसतक


  • खुला नेपाल
  • बुधबार, अशोज १०, २०८०
  • 2.5K
    SHARES

काठमाडौं। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै खेलमा नेपालका दुई ब्याट्सम्यानले गौरवपूर्ण इतिहास बनाएका छन् । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले सबैभन्दा कम बलमा शतक र अर्धशतक पुरा गर्ने विश्व कीर्तिमान बनाएका हुन् ।

कुशलले ३४ बलमा शतक पुरा गरेका थिए । यसअघि ३५ बलसम्म टी-२० अन्तर्राष्ट्रिय शतक बनाएको इतिहास थियो । यस्तै दीपेन्द्रले १० बलमै अर्धशतक पुरा गरे ।

भारतका युवराज सिंहले १२ बलमा अर्धशतक पुरा गरेर बनाएको विश्व कीर्तिमान कसैले तोड्न सकेको थिएन। उनले सन् २००७ मा इङ्ल्यान्डविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए ।

प्रतिक्रिया