• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नेपाली पब्जी टिम एसियाली खेलकुदको सेमिफाइनलमा प्रवेश


  • खुला नेपाल
  • शुक्रबार, अशोज १२, २०८०
  • 3.7K
    SHARES

काठमाडौं। चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।

नेपालको समूहमा हङकङ, प्लेस्टाइन र साउदी अरेबिया रहेका थिए । जसमा हङकङ शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो हुन सफल भएको हो । आजै भएको प्रतिस्पर्धामा समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगेका छन् भने समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसिया सेमिफाइनलमा पुगेका छन्।नेपालको समूहबाट नेपाल र हङकङ सेमिफाइनलमा पुगेका हुन्।

प्रतिक्रिया