काठमाडाैं ।चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गरेकाे छ ।झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा आइतबार भएकाे आफ्नाे दाेस्राे खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेकाे हाे ।
नेपालले दिएकाे २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १९ ओभर ३ बलमा ७४ रन बनाउँदै अलआउट भयो । उसका लागि मुआइयाथ घानीले ३३ रन बनाए ।
माल्दिभ्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि अविनाश बोहराले सर्वाधिक ६ विकेट लिए । साेमपाल कामी, गुल्शन झा, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएकाे थियाे । नेपालका लागि कप्तान रोहित पौडेलले ५२, कुशल मल्लले नटआउट ४७, गुल्शन झाले र कुशल भुर्तेलले समान ३५-३५ र विनोद भण्डारी १३ बनाए ।
बलिङतर्फ माल्दिभ्सका बाडेउले ३ विकेट लिए । नेपालले आफ्नाे पहिलाे खेलमा मंगाेलिया विरुद्ध कीर्तिमानी जित निकालेकाे थियाे ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
