• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई सरकारकाे निर्देशन


  • खुला नेपाल
  • आइतवार, अशोज १४, २०८०
  • 1.9K
    SHARES

काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेपाल आयल निगमलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएकाे हाे ।

चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएकाले निगमलाई फिर्ता लिन निर्देशन दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

निगमले शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको भाउ बढाएपछि चौतर्फी विरोध भइरहेको छ । निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टीतेल प्रतिलिटर रुपैयाँले बढाएको थियाे । खाना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिण्डर २ सय १५ रुपैयाँले बढाएकाे थियाे । निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँले बढाएको थियाे ।

प्रतिक्रिया