काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डीचर्फ नेपालको महिला कबड्डी टोलीले विजयी सुरुआत गरेको छ ।
साेमबारदेखि सुरु भएकाे कबड्डीको आफ्नाे पहिलाे खेलमा नेपालले बंगलादेशलाई पराजित गरेकाे हाे । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशलाई ३७-२४ अंकले पराजित गर्यो ।
नेपालले आफ्नो दोस्रो खेलमा मंगलबार इरानसँग खेल्नेछ । साे खेलमा विजयी भए नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।
यसैबीच साेमबार बिहान नै भएकाे एसियाल खेलकुद अन्तर्गतकाे महिला भलिबलमा भने नेपाल दक्षिण काेरियासँग पराजित भएकाे छ । नेपाल दक्षिण कोरियासँग ३-० को सोझो सेटमा पराजित भएको हो । पहिलो खेलमा भियतनामसँग पराजित भएको नेपाल आज दक्षिण कोरियासँग पराजित भएसँगै प्रतियाेगिताकाे समूह चरणबाटै बाहिरिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
