काठमाडौं । नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनमा नेतृत्व चयनको लागि मतदान हुने भएको छ ।अहिले ११ः५५ बजेबाट मतदान सुरु हुने भएको छ । प्रदेश अध्यक्षको लागि नवराज शर्मा र मायानाथ अधिकारी बिच प्रतिस्पर्धा हुँदै छ । उपाध्यक्षमा मीनप्रसाद गुरुङ र बाबुरामराम विक बिच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै सचिवमा धनञ्जय दवाडी र रश्मि आचार्यले प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
उपसचिवको खुल्ला तर्फ दामबहादुर विक र सन्तोष रावल प्रतिस्पर्धामा हुनुहुन्छ भने महिलातर्फ मञ्जु अधिकारी र मिना गुरुङबिच प्रतिस्पर्धा हुने भएको छ । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
