काठमाडौं । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाँदै हुनुहुन्छ । अध्यक्ष ओलीको सचिवालयका अनुसार विहान पौने ९ बजे धनगढीका लागि प्रस्थान गर्ने तयारी छ । एमालेका सात भौगोलिक र एक गैह्र भौगोलिक प्रदेश कमिटी मध्ये छ वटाको अधिवेशन भइसकेको छ ।
जसमा सबभन्दा पहिला लुम्बिनी प्रदेशको अधिवेशन भदौको १६ र १७ गते भएको थियो । त्यसपछि भौगोलिकतर्फ बागमती,कर्णाली,कोशी र गण्डकी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन् ।
गैह्र भौगौलिकतर्फ उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन पनि सम्पन्न भइसकेको छ । अब सुदुरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुन बाँकी छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
