• बिहिबार, अशोज २२, २०८३
  • Thursday 8th October 2026

आज प्रतिनिधि सभा बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने


  • खुला नेपाल
  • सोमवार, अशोज २२, २०८०
  • 2.3K
    SHARES

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज सोमबार पनि बस्दैछ । बैठक दिउँसो साढे ३ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

त्यसपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।

आजकै बैठकमा सभामुख घिमिरेले “विद्यतु विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया