• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भारतको पाँच राज्यमा आज निर्वाचनको मिति घोषणा हुँदै


  • खुला नेपाल
  • सोमवार, अशोज २२, २०८०
  • 2.1K
    SHARES

काठमाडौं। भारतको पाँच राज्यमा आज निर्वाचनको मिति घोषणा हुँदैछ । निर्वाचन आयोगले राजस्थान, मध्य प्रदेश, छत्तीसगढ, तेलंगाना र मिजोरम गरी पाँच राज्यमा निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार निर्वाचन आयोगले दिउँसो १२ बजे पत्रकार सम्मेलनमार्फत पाँच राज्यको विधानसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेछ ।

मिजोरम राज्यको विधानसभाको कार्यकाल यही वर्षको डिसेम्बर १७ मा सकिँदैछ । यस्तै राजस्थान, मध्य प्रदेश, छत्तीसगढ र तेलंगानाको विधानसभाको कार्यकाल अर्को वर्ष जनवरीको विभिन्न मितिमा सकिनेछ ।

 

प्रतिक्रिया