काठमाडौं। सरकारले युद्वग्रस्त इजरायलबाट स्वदेश फर्किन चाहनेका लागि दुईवटा जहाज ‘स्ट्यान्डबाई’ राखिएको जानकारी दिएको छ ।परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्स तयारी अवस्थामा राखिएको जानकारी दिएका हुन् ।
मन्त्री साउदले स्वदेश फर्किनका लागि हालसम्म २ सय जनाले नेपाली राजदूतावासमामा आवेदन दिएको जानकारी पनि गराएका छन् ।उनले इजरायलमा ४५ सय केयर गिभर र २६५ बिद्यार्थी रहेकोमा दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा १० जनाको निधन भएको, ४ जनाको उपचार भइरहेको र एकजना बेपत्ता रहेको पनि जानकारी दिए ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
