काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनमा अध्यक्ष पदको लागि चार जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताको समय सकिँदासम्म पदाधिकारीका लागि नै २३ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा चार जनाको उम्मेदवारी पर्दा एक उपाध्यक्षको लागि ६ जनाको उम्मेदवारी परेको छ । त्यस्तै एक जना सचिवको लागि चार जनाको उम्मेदवारी परेको छ ।
उपसचिव खुल्ला एक पदको लागि ६ जनाको उम्मेदवारी परेको छ । महिला उपसचिवको लागि तीन जनाको उम्मेदवारी परेको छ । निर्वाचन कमिटीका अनुसार अध्यक्ष कमल तिमिल्सिना, कृष्णप्रसाद जैशी, बचनबहादुर सिंह र भरत साउदको उम्मेदवारी परेको छ ।
यसैगरी उपाध्यक्षमा हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालीबहादुर शाही, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीको उम्मेदवारी परेको छ ।
सचिवमा रणबहादुर चन्द, राजेश खाती, रतनराज रेग्मी र जीवन कुमार बलमे उम्मेदवारी दिनुभएको छ । उपसचिव खुल्लातर्फ रामदत्त जोशी, अशोककुमार चन्द, नरबहादुर बिक, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टको उम्मेदवारी परेको छ । महिला उपसचिवमा भागीरथी विष्ट, कन्दकलाकुमारी राना र अर्चना गहतराजले उम्मेदवारी दिनुभएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
