• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

आजदेखि एमाले मधेशको प्रथम अधिवेशन, अध्यक्ष ओलीले उद्घाटन गर्ने


  • खुला नेपाल
  • बुधबार, अशोज २४, २०८०
  • 2.5K
    SHARES

काठमाडौं – नेकपा (एमाले) मधेश प्रदेशको प्रथम अधिवेशन आज बुधबारदेखि प्रदेश राजधानी जनकपुरधाममा हुँदैछ ।मधेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा आज र भोलि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

उनका अनुसार अपरान्ह १२ बजे अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनको उद्घाटन सत्रमा मधेशको मौलिक संस्कृतिक झल्किने विभिन्न झाँकी प्रस्तुत गरिने कार्यक्रम रहेको छ । अधिवेशनमा प्रदेशका आठ वटै जिल्लाबाट १ हजार २७ प्रतिनिधिहरूको सहभागिता रहने प्रदेश अध्यक्ष यादवले बताए ।

अधिवेशनले पदाधिकारीसहित २ सय २५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।

एमाले मधेश अध्यक्षका लागि लक्ष्मीनारायण यादव, रेवती पन्त, रामसिंह यादव, ताराकान्त चौधरी र राजकिशोर यादव आकांक्षी देखिएका छन् । नेतृत्व चयनका लागि सर्वसम्मतको प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया