• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ


  • खुला नेपाल
  • बिहिबार, अशोज २५, २०८०
  • 2.4K
    SHARES

काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेबिरुद्धका मुद्दाको पेसी आज हुँदैछ । सर्वोच्चले गत फागुन १५ गते चाँडो फैसला गर्न आदेश दिएपनि जिल्ला अदालतले अहिलेसम्म अन्तिम फैसला सुनाउन सकेको छैन ।

यहि असोजमा मात्रै दुई पटक पेसी चढेको थियो । तर,विभिन्न बाहानमा मुद्दाले अझै किनारा पाउन सकेको छैन । न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै मुद्दामा जिल्ला अदालतलाई शीघ्र सुनुवाइ (फास्ट ट्रयाक) तथा निरन्तर सुनुवाइ (कन्टिनियस हेयरिङ) का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।

प्रतिक्रिया