काठमाडौं । नेपाली काग्रेसका नेता डा.शेखर कोईरालाले राजनीतिवाट अलग रहेको नेपाली सेनामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नभएको जनाउनु भएको छ ।
नेता कोईरालाले सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगर्न चेतावनी पनि दिनु भएको छ । माओवादीको जनमुक्ति सेना नेपाली सेनामा समायोजना हुँदा यम बहादुर अधिकारी जनमुक्ति सेनाको तर्फबाट सेनामा समायोजन हुनु भएको थियो ।
नेपाली सेनाको विशेष पदमा खडा गरी उहाँलाई नियुक्ति दिएपनि पटक पटक म्याद थप गरिए पछि सेनामा हस्ताक्षप भएको भन्दै आलोचना हुदै गएको छ ।
नेता कोईरालाले लेख्नुभएको छ-
नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
