काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेस दुवैले विद्रोही केदार कार्कीलाई विश्वासको मत दिने भएको छ । बुधवार बिहान विराटनगरमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिनुभयो।
केन्द्रको परिपत्र अनुसार नेपाली काँग्रेसले पनि केहीबेर अघि मात्रै बैठक बसेर विश्वासको मत दिने भएको हो । प्रदेशसभामा सत्ता पक्षको रोमा एमाले काँग्रेस दुबै बस्ने भएका छन् । बैठकमा सत्तापक्षकै रोमा बस्ने निर्णय भएको छ ।
कोशीमा शेखर पक्षका ८ सांसदले विद्रोह गरेर एमालेसँगको समीकरणमा केदार कार्कीलाई मुख्यमन्त्रीको रूपमा अघि सारिएको थियो । एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेका छन् । कार्कीले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
