• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

कुलमानको पार्टी नेपाल जनसेवा, आफु अहिले नबस्ने


  • खुला नेपाल
  • आइतवार, कार्तिक २३, २०८२
  • 2.5K
    SHARES

फाइल तस्वीर

काठमाडौं । कुलमान घिसिङको नेतृत्वमा गठन गर्न लागिएको नयाँ राजनीतिक पार्टीको नयाँ नाममा सहमति जुटेको दाबी गरिएको छ । सुरूदेखि ‘उज्यालो नेपाल पार्टी’ नामकरणको गृहकार्य भएकोमा अन्तिममा आएर ‘नेपाल जनसेवा पार्टी’ नाम राख्ने टुंगो लागेको स्रोतले बतायो ।

स्रोतका अनुसार ‘उज्यालो’ नामले सिधै घिसिङलाई मात्रै संकेत गर्ने र व्यक्ति केन्द्रित पार्टी बन्नसक्ने टीमका सदस्यहरूको सुझावको कारण पार्टी नयाँ नाम जुराइएको हो । पूर्वरास्वपा नेतृ सुमना श्रेष्ठ साथै केही जेनजीहरूले नाम फेर्न सुझाएको बताइएको छ ।

कुलमानले तत्कालै पार्टीको सक्रिय नेतृत्व नगर्ने भएका छन् । स्रोतका अनुसार अहिलेलाई अनुपकुमार उपाध्यायलाई संयोजक बनाएर पार्टी दर्ता गरिनेछ । उपाध्याय पूर्व ऊर्जासचिव हुन् । मन्त्री पदमा समेत रहेकाले ‘स्वार्थको द्वन्द्व’ निम्तिन सक्ने भन्दै कुलमानले आफू नेतृत्वदायी पदमा नबस्ने निर्णय लिएको बुझिएको छ । उनी चुनावअघि मात्रै पार्टीमा सक्रिय हुनेछन् ।

पार्टीलाई काठमाडौंका मेयर बालेनले पनि समर्थन गर्ने दाबी गरिएको छ । तर, उनी कुनै जिम्मेवारीमा भने रहने छैनन् । हामी नेपालका संस्थापक सुधन गुरुङ पनि टीममा रहने बताइएको छ ।

प्रतिक्रिया