• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नेपालका ७ प्रविधि संस्थालाई ‘असोसियो अवार्ड


  • खुला नेपाल
  • बुधबार, कार्तिक २६, २०८२
  • 1.4K
    SHARES

नेपालका ७ प्रविधि संस्थालाई ‘असोसियो अवार्ड

काठमाडौँ । नेपालका सात प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो अवार्ड २०२५’ बाट
सम्मानित भएका छन् । एसियाली–ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसन
९असोसियो० को यस वर्षको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल समिट २०२५’ ९नोभेम्बर
१०(१२० अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो ।
यसअन्तर्गत इमार्क प्रा। लि। ले आउटस्ट्यान्डिङ टेक कम्पनी अवार्ड जितेको छ । त्यस्तै
आउटस्ट्यान्डिङ डिजिटल ट्रान्सफर्मेसन अर्गनाइजेसन अवार्ड मदन भण्डारी मेमोरियल
कलेजले पाएको छ । डिजिटल गभरमेन्ट अवार्ड निन्जा इनफोसिस प्रा। लि। ले जित्न सफल
भएको छ । त्यस्तै ट्यालेन्ट डेभलपमेन्ट अवार्ड वर्डप्रेस नेपाल कम्युनिटीले प्राप्त गरेको छ ।
इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल ९आईस्पान० ले साइबर सेक्युरिटी
अवार्ड जितेको छ भने एडुटेक इन्टरनेसनल प्रा। लि।ले स्टार्टअप अवार्ड हात पारेको छ ।
त्यस्तै अनलिमिटेड टेक्नोलोजी प्रा। लि।ले ग्लोबल बिजनेस सर्भिस अवार्ड हात पार्न सफल
भएको छ ।
नेपालतर्फबाट असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ ९क्यान
महासंघ० का सिफारिसमा सहभागी यी संस्थाले ताइवानको ताइपेईमा आयोजित
समिटमा यी विधामा अवार्ड हात पारेका हुन् ।
क्यान महासंघका अनुसार यस वर्षको असोसियो अवार्डमा नेपाली सूचना प्रविधि क्षेत्रको
विविधता झल्काउने गरी नोमिनेसन सिफारिस गरिएको थियो । महासंघले असोसियो
जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु नेपालका लागि गौरवको विषय भएको
क्यान महासंघका पूर्व अध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवरले बताए ।

 

 

प्रतिक्रिया