• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

ट्रस्ट माइक्रो इन्स्योरेन्स प्रगतितर्फ


  • खुला नेपाल
  • आइतवार, कार्तिक ३०, २०८२
  • 2.2K
    SHARES

काठमाडौं । युवा व्यवसायी जगत पोखरेलको नेतृत्वमा रहेको ट्रस्ट माइक्रो इन्स्योरेन्स प्रगतितर्फ लम्किएको छ ।
कम्पनीको आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमासीक (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १ लाख ५३ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को असोजसम्म कम्पनीले ७९ लाख ५३ हजार रुपैयाँ घाटा व्यहोरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको स्पेसल रिजर्भमा ५४ लाख ७५ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख ४७ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा ४८ लाख १८ हजार रुपैयाँ र अन्य इक्विटीमा २२ लाख ३ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म स्पेसल रिजर्भमा ५३ लाख ९८ हजार रुपैयाँ, महाविपत्ति कोषमा ५ लाख ३९ रुपैयाँ, रिटेन्ड अर्निङमा ४७ लाख ५० हजार रुपैयाँ र अन्य इक्विटीमा २२ लाख १ हजार रुपैयाँ थियो।

चालु वर्षको असोजसम्म कम्पनीको बीमा कोषमा १५ करोड १४ लाख ६३ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमा कोषमा १२ करोड ५६ लाख ५६ हजार रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार २०।५४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले ६ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ९४ करोड २६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ६१७।३८ प्रतिशतले बढेको छ।

कम्पनीले चालु वर्षको असोजसम्म २ करोड ५१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २९ लाख ८८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ७४०।९३ प्रतिशतले बढेको छ।

शेयरपुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस)बढेर ०।०३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १।५१ रुपैयाँले ऋणात्मक थियो।

प्रतिक्रिया