• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको अदालतको ठहर


  • खुला नेपाल
  • सोमवार, मंसिर १, २०८२
  • 1.9K
    SHARES

ढाका । बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर स्थानीय अदालतले गरेको छ ।

गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन तत्कालीन प्रधानमन्त्री हसिनाले राज्यका निकायलाई निर्देशन दिएको ठहरसमेत अदालतले गरेको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)मा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाइँदैछ । न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य छन् ।

तीन सदस्यीय इजलासले तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएकोसमेत इजलासले ठहर गरेको छ ।

इजलासमा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाउने क्रम जारी छ । उनीविरुद्धको सजाय भने निर्धारण हुन बाँकी छ ।

प्रतिक्रिया