• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

दुर्गा पक्राउसँगै प्रहरीको उच्च सतर्कता


  • खुला नेपाल
  • मङ्लबार, मंसिर २, २०८२
  • 2.1K
    SHARES

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेसँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।
प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने भन्दै राति नै मातहतका युनिटमा सर्कुलर गरेको हो ।

प्रसाईं सोमबार मध्यराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका थिए ।
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनले हिंसा भड्काउन सक्ने आशंकाका साथ पक्राउ गरिएको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया