काठमाडौं । एनपिएलको डे–नाइट खेल हेरेर फर्कन दर्शकका लागि निस्शुल्क बसको ब्यवस्था गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको विशेष पहलमा नेपाल क्रिकेट सङ्घ ९क्यान० ले त्रिविको तल्लो गेट र ल्याब स्कुलको अगाडिबाट बिभिन्न रुटमा निस्शुल्क बसको ब्यवस्था गरेको हो ।
क्रिकेट खेल हेरेर फर्किने महिला, वृद्ध र अशक्तहरुको सेवाका लागि बेलुकी ६ बजेदेखि आठ बजेसम्म बसको ब्यवस्था गरिएको छ । क्यानले बस सेवा सञ्चालन गर्नको लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरेको छ ।
बुधबारदेखि सुरु भएको निस्शुल्क बस सेवा फाइनल खेलको दिनसम्म हुनेछ । रुट एकको निस्शुल्क बस त्रिवि गेटबाट सुरु भई स्वयम्भू हुँदै बालाजु पुग्नेछ ।
यस्तै रुट दुईको त्रिवि गेटबाट सुरु भई स्वयम्भू, बालाजु हुँदै महाराजगञ्जसम्म, रुट तीनको बस त्रिवि गेटबाट सुरु भई बल्खु, कालिमाटी, थापाथली, बानेश्वर, तीनकुने, गौशाला हुँदै चाबहिलसम्म र रुट चारको बस त्रिवि गेटबाट सुरु भई बल्खु र सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्नेछ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
