• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट


  • खुला नेपाल
  • बिहिबार, मंसिर ४, २०८२
  • 1.7K
    SHARES

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा एकै घरका सात जनालाई रातभर बन्धक बनाएर लुटपाट गरिएको घटना सार्वजनिक भएको छ ।

गत मङ्गलबार राति कावासोती–८ का ४६ वर्षीय सञ्जय खड्काको घरका सात जनालाई बन्धक बनाएर लुटपाट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर आएका दुई जनाले उनीहरुलाई घरभित्रै ६ घण्टा बाँधेर लुटपाट गरेका हुन् । उनीहरुले आइफोन मोबाइल एक थान र रेडमि मोबाइल दुई थान र सुनका बाला लुटेका परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । घरका अन्य सामान भने चोरी नभएको बताइएको छ ।

प्रहरीका अनुसार सिसीटिभी फुटेजमा दुई जना मास्क लगाएका मान्छे देखिएका छन् । प्रहरीले उनीहरु ज्यान मार्ने उद्देश्यले आएको आशङ्कामा अनुसन्धान तीव्र पारेको नेपालले बताउनुभयो । साँझ ७ बजेदेखि बन्धक बनाइएकोमा राति १ बजेतिर हारगुहार मागेपछि उनीहरु भागेका थिए ।

पीडित खड्काका अनुसार उनीहरुले वृद्ध बुवा आमा, श्रीमती, छोराछोरी र बहिनीसमेतलाई नियन्त्रणमा लिई आफूहरु सामाजिक अभियन्ता भएको र स्थानीय मिटरब्याजीहरुको खोजी र कारबाहीका लागि आएको भन्ने आशय व्यक्त गरेका थिए ।

प्रतिक्रिया