दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजित दुबई एयर शो २०२५ मा प्रदर्शन उडानका क्रममा भारतको लडाकु विमान दुर्घटनामा परेको छ।
दुर्घटनाको पुष्टि गर्दै भारतीय वायुसेनाले विमानका पाइलटलाई गम्भीर चोट लागेको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ।
सामाजिक सञ्जालमा प्राप्त भिडियोमा विमान एकाएक सीधा जमिनतर्फ खस्दै गएको र त्यसपछि ठूलो आगो र कालो धुवाँ उठेको देखिन्छ।
पीटीआईका अनुसार विमान दुबईको अल–मकतूम अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एयर शोको नियमित प्रदर्शन उडानमा सहभागी थियो।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
