• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

उत्तरी युरोपदेखि मेचीनगर आइपुगे हुटिट्याउँको बथान


  • खुला नेपाल
  • शनिबार, मंसिर ६, २०८२
  • 1.2K
    SHARES

दमक। हिउँद सुरु भएसँगै विदेशी चराका बथान झापाको मेचीनगरमा देखा पर्न शुरु गरेको छ ।

उत्तरी युरोपदेखि हजारौँ किलोमिटर यात्रा गर्दै आकर्षक पक्षी हुटिट्याउँको एउटा बथान मेचीनगर आइपुगेको बताइएको छ ।

समूहगत रूपमा बसोबास गर्ने, सुन्दर बनावट र अनौठो रङ्ग संयोजनका कारण विश्वकै मनमोहक प्रवासी चरामध्ये यो एक भएको चराको खोज तथा अनुसन्धानमा संलग्न फोटोग्राफर देबेन्द्र खरेल बताउनुहुन्छ ।

मेचीनगर वडा नं.४ मा चराहरुको खोजी र फोटो लिने क्रममा एकै ठाँउमा ११६ वटा हुटिट्याउँको ठूलो वथान देखिएको उहाँले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष यो मौसममा युरोपदेखि यहाँ चराहरु आउने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “यसभन्दा अघि कहिलेकाहीँ सीमित संख्यामा मात्र देखिने यो प्रजाति यसपटक भने ठूलो संख्यामा यहाँ आइपुगेको छ । यो खोज र अनुसन्धानका लागि साँच्चिकै महत्वपूर्ण छ ।”

चरा खोज तथा अनुसन्धानकर्ता खरेलका अनुसार उत्तरी युरोप र साइबेरियाजस्ता मूलकबाट जाडो छल्न यी चराहरू यो मौसममा सुरक्षितस्थल खोज्दै नेपाल आइपुगेको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

अर्का चरा तथा पंक्षी खोजकर्ता समेत रहनु भएका फोटोग्राफर शंकर लुइटेलका अनुसार मेचीनगरका विभिन्न ठाँउहरु दुर्लभ चराहरुको खोज र अनुसन्धान गर्न एउटा महत्वपूर्ण स्थल बन्ने देखिएको छ ।

यसभन्दा अघि मेचीनगरमा दुर्लभ पंक्षीको प्रजातिमा पर्ने हरित परेवाको ठुलो बथान एकै ठाँउमा भेटिएको थियो ।

प्रतिक्रिया