• बुधबार, अशोज २१, २०८३
  • Wednesday 7th October 2026

कुलमानको पार्टीमा अरु २ पार्टी मिसिने


  • खुला नेपाल
  • मङ्लबार, मंसिर ९, २०८२
  • 2.4K
    SHARES

काठमाडौँ । कुलमान घिसिङको साथ रहेको उज्यालो नेपाल पार्टीमा अरु २ पार्टी एकिकरण हुनेबारे छलफल चलेको छ ।

उज्यालो नेपाल, नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकता गर्नेगरी छलफलमा जुटेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीका नेता तथा लुम्बिनी प्रदेश संसदीय दलका नेता धर्मबहादुर चौधरीले आफूहरू एकताको अन्तिम तयारीमा जुटेको बताए । उनले मंगलबार मात्रै पनि कुलमान घिसिङसहितको बैठक बसेर एकताबारे छलफल भएको रातोपाटीलाई बताए ।

‘हामी एकताको नजिक पुगेका छौँ । आगामी फागुन २१ गतेको निर्वाचनका लागि मर्ज भएर एउटै चुनाव चिह्नमा चुनाव लड्नेगरी अघि बढेका छौँ’, उनले भने ।
उनले केही प्राविधिक विषय मिलाएर छिट्टै एकताको मिति घोषणा हुने समेत बताए ।

नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता चौधरी रहेकी छन् भने हाम्रो पार्टीको अध्यक्ष खगेन्द्र सुनार रहेका छन् ।

प्रतिक्रिया